दोश्रो ट्रेलरमा यस्तो देखियो एक्सन सिनेमा ‘रणवीर’

काठमाडाैँ । शुक्रबारको रिलिज मितिको समुखमा एक्सन सिनेमा ‘रणवीर’ले आफ्नो दोश्रो ट्रेलर रिलिज गरेको छ। सिनेमाले बुधबार सिनेमाको दोश्रो ट्रेलर रिलिज गरेको हो।

गोविन्द सिहं भण्डारीको निर्देशकिय डेब्यू सिनेमामा सुशिल सिटौला, शुभेक्षा ख्डका, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, हरिहर अधिकारी, रवी गिरी तथा भोलाराज सापकोटाको प्रमुख अभिनय रहेको छ।

[youtube https://www.youtube.com/watch?v=0jiIwWdF1zQ]

सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य पात्र सुशिलको प्रेम, बदललाई देखाइएको छ।

माघ १८ गते रिलिज हुने सिनेमालाई निर्देशक बण्डारीले नै लेखेका हुन्।सिनेमाबाट शुभेक्षा खड्का तथा सुपुष्पा भट्टले नेपाली रजतपटमा डेब्यू गर्दै छन्।

फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री