एसिया कपको उपाधिका लागि जापान र कतार भिड्ने

काठमाडाैं । एसिया कप फुटबलको उपाधिका लागि कतार र जापानबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा आयोजक युएईलाई ४-० गोलअन्तरले पराजित गर्दै कतारले फाइनलमा जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

कतारको जितमा बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले गोल गरेका थिए । मोहमद बिन जायद स्टेडियममा कतारसामु घरेली टोली यूएई स्तब्ध बन्यो । युएईले कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन ।

खोउखीले २२ औँ मिनेटमा नै गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । त्यस्तै, ३७ औँ मिनेटमा अलीले गोल गर्दै कतारलाई दोब्बर अग्रता दिलाएका थिए । पहिलो हाफमा २-० गोलले अघि रहेको कतारले दोस्रो हाफमा पनि थप दुई गोल गर्न सफल भयो ।

कतारका लागि खेलको ८० औँ मिनेटमा हदोसले गोल गर्दै ३-० को अग्रता दिलाएका थिए । अतिरिक्त समयमा स्माइलले गोल गर्दै कतारलाई ४-० गोलको जित दिलाए । सोमबार भएको पहिलो सेमिफाइनलमा जापानले इरानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । अब उपाधिका लागि जापान र कतारबीचको खेल फेब्रुअरी एक तारिखमा हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस