काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ । टस हारेर मैदानमा पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ५४ रन जोडेको हो । नेपालका लागि करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
तपाईंको प्रतिकृया




