वीरगंज । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसको आयोजनामा वीरगंज वडा नम्बर २४ रामगढवामा रहेको शिव प्राथमिक विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले नियमित रुपमा गर्ने सामाजिक कार्यहरुको निरन्तरता स्वरुप आज निःशुल्क दन्त शिविर आयोजना गरिएको लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन रविशंकर सर्राफले बताए ।
शिविरमा एम. बि. केडिया डेन्टल कलेज वीरगंजका दन्त चिकित्सकहरुले वडा नम्बर २४ रामगढवाका करिब १५० जना बालबालिका तथा बृद्ध बृद्धाहरुको दन्त परिक्षण गरेका थिए ।
परिक्षण गरिएका मध्ये ३५ जनाको दातमा समस्या देखिएकोले थप उपचारको लागि एम.बी. केडिया डेन्टल कलेज रेफर गरिएको थियो ।
रेफर गरिएकाहरुको निःशुल्क दन्त उपचार हुने लायन्स क्लबका डिष्ट्रीक्ट एडभाईजर लायन देव चौधरीले बताए ।
कार्यक्रममा लायन्स क्लबका एरियाको चीफ राघव आचार्य, रिजन चेयरपर्सन बासु तिमिल्सिना, जोन चेयरपर्सन चन्द्रशेखर पटेल, डिष्ट्रीक्ट कोर्डिनेटर रिकेश साह, ग्रीन क्याम्पसका प्रथम उपाध्यक्ष विजय कुशवाहा, दिृतीय उपाध्यक्ष श्याम गुप्ता, सचिव रोशन रौनियार लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईंको प्रतिकृया




