एनसिसि बैंक र ओम हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच  सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फवाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात  नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवामा विशेष छुट व्यवस्था रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री