प्रोग्रेसिभ फाइनान्सको नाफा बढ्यो

काठमाडाैँ । प्रोग्रेसिभ फाइनान्सले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ४५ लाख रुपैयाँ कमाएको छ  । फाइनान्सको गत वर्षको सोहि अवधिमा ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

६४ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ३ करोड ७७ लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले निक्षेपमा ७५ करोड २९ लाख रुपैयाँ संकलन गरी ७७ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद व्याज आम्दानी ४१.४६ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा संचालन मुनाफा ८२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

सुचकहरु
फाइनान्सको निष्कृय कर्जा १.५३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ७१.०९ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ७.५९ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १६.२१ गुणा, प्रति शेयर नेटवर्थ १०५.८५ रुपैयाँ र तरलता अनुपात ८६.०३ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३ महिनामै २० करोड नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड नाघेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा …

प्रतिकृया दिनुहॊस