काठमाडाैँ । प्रोग्रेसिभ फाइनान्सले दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ४५ लाख रुपैयाँ कमाएको छ । फाइनान्सको गत वर्षको सोहि अवधिमा ८० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
६४ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ३ करोड ७७ लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले निक्षेपमा ७५ करोड २९ लाख रुपैयाँ संकलन गरी ७७ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद व्याज आम्दानी ४१.४६ प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा संचालन मुनाफा ८२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
सुचकहरु
फाइनान्सको निष्कृय कर्जा १.५३ प्रतिशत, जोखिम युक्त सम्पत्ति ७१.०९ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक ७.५९ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात १६.२१ गुणा, प्रति शेयर नेटवर्थ १०५.८५ रुपैयाँ र तरलता अनुपात ८६.०३ प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहॊस