बिहान केहीबेर अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान आइतबार बिहान केहीबेर अवरुद्ध बन्न पुगेको थियो ।

टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट गरिएको थियो भने नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहान केहीबेर अवरुद्ध बन्न पुगेको उडान–अवतरण सञ्चालनमा आएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री