एन आई सी एशिया बैंकद्वारा प्रहरी कार्यालय सुनसरीलाई सहयाेग

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई  व्यारीकेड चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ  । कार्यक्रममा एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका थिए ।

बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड व्यारीकेडहरु एवंम १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो ।

बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री