स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८ औं वर्षमा प्रवेश

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाल १८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर संस्थाले सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरेको छ ।

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त सामाजिक व्यवसाय भएकाले नाफामूखि नभई सेवा मूलक र यसको माध्यमबाट उद्यमशीलता विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । विपन्न र न्यून आय भएको वर्गलाई स्वावलम्बी बनाउनु लघुवित्त सेवाको प्रमुख उद्देश्य रहेको बताए ।

नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारीले नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्येको एक सक्षम संस्था स्वावलम्बनको लघुवित्त क्षेत्रको विकासमा विशिष्ट योगदान रहेको बताए ।

उनले लघुवित्त क्षेत्रको विकास संगसंगै यसमा विभिन्न जोखिमहरु समेत देखा पर्न थालेका छन । अधिकारीले यसको समाधान र न्यूनिकरणका लागि संस्था र ग्राहक दुबैमा स्वःअनुशासन अत्यावश्यक रहेको बताए ।

संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले आगामी दिनमा लघुवित्तमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि तथा आयस्तरमा बृद्धि गर्न उनीहरुको लागि सीप लगायत शिक्षा जस्ता विषय समेत संगसंगै लान र उनीहरुलाई सकृय राख्न  वित्तीय संस्था अगाडी बढ्ने बताए ।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले वित्तीय संस्थाले सानो सानो कर्जा, बचत, लघुवीमा लगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रुपमा स्वावलम्बी समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after