तातोपानी नाका चार वर्षपछि खुल्दै

काठमाडाैँ । २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले  तीव्रता दिएको छ । अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारीअनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ ।

उनका अनुसार सुक्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भएको छ । बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्गको काम ५० प्रतिशत सकिएको छ । बसपार्कदेखि मितेरी पुलसम्मको एक किलोमिटर सडक भोटेकोसी नदीबाट २० मिटर वाल उठाएर पुनर्निर्माण गरिँदै छ । वैशाख पहिलो हप्तासम्म सो सडक निर्माण सम्पन्न गर्ने लक्ष्य सिआरसिसीले लिएको मगरले बताए ।

पुनर्निर्माणमा नेपाली र चिनियाँ गरी करिब १२ सय मजदुर सक्रिय रहेको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलका डिएसपी कृष्ण गुरुङले बताए । चिनियाँ कम्पनीले भोटेकोसीमा वैकल्पिक ब्रिज बनाई भोटेकोसी नदीको बहावलाई एकातिर तर्काएर मितेरी पुल निर्माणमा दिनरात लागिपरेको उनले बताए । आगामी मे दिवसको दिन (०७६ वैशाख १८) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ कामलाई तीव्रता दिइएको चिनियाँ भनाइ उद्धृत गर्दै डिएसपी गुरुङ र अध्यागमनका प्रतिनिधि मगरले बताए ।

भूकम्पपछि बन्द नाका चार महिनापछि १५ साउन ०७२ मा एक हप्ताका लागि खासा क्षेत्रमा अड्किएका ३ सयभन्दा बढी नेपाली कन्टेनर भ्यान नेपाल पठाउन खुलाइएको थियो । त्यसपछि २३ साउनबाट चीनले पूर्ण रूपमा नाकामा सिल गरेको छ । सो नाका बन्द भएपछि नेपाल र चीनका सरकारी अधिकारीबीच सीमासुरक्षा र नाका खुलाउने सम्बन्धमा ४३ महिनामा एक दर्जन बैठक र आधा दर्जन स्थलगत अनुगमन भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछाप दुर्घटना अपडेट : गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु

काठमाडौं । रामेछापमा भएको सुमो गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस