सर्लाहीमा आगलागी हुँदा चार घर जले, १८ लाखकाे क्षति

सर्लाही । सर्लाहीको बलरामा आगलागी हुँदा चार घर जलेका छन्। आगलागीबाट १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बलरा–८ का ईशा महमदको घरबाट सुरु भएको आगोले स्थानीय सलिम लहेरी, मजुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट पोल्ट्री फर्म, खाद्यान्न, लत्ताकपडा जलेको छ। सम्पूर्ण जायजेथा आगोले नष्ट भएपछि पीडित परिवारको विचल्ली भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस