अष्ट्रियामा अत्याधिक हिमपात, दुई हप्ताका १८ को मृत्यु

भियना  अत्याधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ। लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउँमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएको छ। उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए।

त्यसैगरी अर्का एक जना गत शनिबारदेखि बेपत्ता भएका थिए। उनको शव बुधबार भेटिएको थियो। समाचारमा जनाइएअनुसार लिच भन्ने ठाँउमा २८ वर्षीय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो।

त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आइतबार मृत अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन्। खराब मौसमी अवस्थाका कारण हिमपात भइरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा कठिनाइ भएको उद्धारकर्मीहरुको भनाई छ। सिन्ह्वा

तपाईंको प्रतिकृया

लेखकबाट थप