भारतीय फुटबल टिमका मुख्य प्रशिक्षकको राजिनामा

एजेन्सी । भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कोन्सटेनटाइनले पदबाट राजिनामा दिएका छन् । भारत एसिया कप फुटबलको समूह  चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक कोन्सटेनटाइनले पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

भारतीय फुटबल महासंघले प्रशिक्षकसंग कुनै औपचारिक छलफल नभएपनि उनको निर्णयलाई स्विकार गर्ने बताएको छ । महासंघले कोन्सटेनटाइनले भारतीय फुटबलमा पुर्र्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरेको छ ।

एसिया कप फुटबलमा बहराईनसंग पराजित हुँदै भारत समूह चरणबाट बाहिरिएको छ । सोमबार राति सकिएको खेलमा भारतले बहराईनसंग १–० को हार ब्यहोरेको हो ।
खेलको अन्तिम समय समालिन नसक्दाँ भारत ऐतिहासिक नतिजा आत्मसाथ गर्न बञ्चित रह्यो ।

अघिल्लो चरण पुग्न भारतलाई बराबरीको नतिजानै पर्याप्त थियो । नेपालको राष्ट्रिय फुटबल टिमका पुर्व प्रशिक्षक समेत रहेका कोन्सटेनटाइन पछिल्लो समय भारतमा मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।

एसियाको पावर हाउस बन्ने लक्ष्य सहित पछिल्लो समय फुटबलमा ठुलो लगानी गरेको भारत एसिया कपमा समुह चरण समेत पार गर्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस