वैशाखदेखि पाइपबाटै पेट्रोल

काठमाडौं । नेपालमा आउँदो वैशाखदेखि पाइप लाइनमार्फत भारतबाट पेट्रोलियम पदार्थ आउने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाको रुपमा रहेको मोतिहारी अमलेखगञ्ज परियोजनाअन्तर्गत पेट्रोलियम पदार्थ ल्याउन लागिएको हो ।

करिब ७० किलोमिटर लम्बाइ रहेको परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम द्रुत गतिमा भइरहेकाले वैशाखसम्म पेट्रोल आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालतर्फको भूभागमा पर्ने ३७.२५ किलोमिटरमध्ये अब १० किलोमिटर मात्र पाइपलाइन बिछ्याउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

नेपाल भारत दुबै सरकारको प्राथमिकतामा रहेको परियोजना भारतीय आयल कर्पाेरेशनको दुई अर्ब बढीको लागतमा निर्माण भइरहेको छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्थानीय तहहरूलाई निर्वाचन आयोगको निर्देशन- मतदानस्थलमा खानेपानी, शौचालय र विद्युत्को व्यवस्था गर्नू

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, …

प्रतिकृया दिनुहॊस