काठमाडौं । नेपालमा आउँदो वैशाखदेखि पाइप लाइनमार्फत भारतबाट पेट्रोलियम पदार्थ आउने भएको छ । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाको रुपमा रहेको मोतिहारी अमलेखगञ्ज परियोजनाअन्तर्गत पेट्रोलियम पदार्थ ल्याउन लागिएको हो ।
करिब ७० किलोमिटर लम्बाइ रहेको परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम द्रुत गतिमा भइरहेकाले वैशाखसम्म पेट्रोल आउने परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालतर्फको भूभागमा पर्ने ३७.२५ किलोमिटरमध्ये अब १० किलोमिटर मात्र पाइपलाइन बिछ्याउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
नेपाल भारत दुबै सरकारको प्राथमिकतामा रहेको परियोजना भारतीय आयल कर्पाेरेशनको दुई अर्ब बढीको लागतमा निर्माण भइरहेको छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिकृया दिनुहॊस