टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर ५५ रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाले शेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। लाभांश रकम मंगलबारदेखि नै एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ।

एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको सभाले आव २०७४/७५ का लागि विभिन्न प्रतिवेदन पारित गरेको छ। सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आव २०७४÷७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिशबमोजिम आव २०७५/७६ का लागि कम्पनीको लेखा परीक्षण गर्न चाटर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिकसमेत पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा उपस्थित शेयरधनीलाई स्वागत गर्दै कम्पनीको एघारौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए। अगामी दिनमा अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने प्रतिबद्धता टेलिकमले व्यक्त गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बैठकले …

प्रतिकृया दिनुहॊस