नेपाल एसबिआई बैंकले शेयरधनीलाई १५.७९% लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.७९ प्रतिशतका दरले लाभांश (५%वोनश शेयर र १०.७९% नगद लाभांश) वितरण गर्ने भएको छ । बैंकको २५औँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

सभाले आ.व. २०७४/७५ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४/७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

बैंकले आ.व. २०७४/७५ मा २७६.१७ करोड संचालन मुनाफा र २०२.३५ करोड खुद मुनाफा हासिल गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७४/०७५ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त सधारणसभाले आ.ब. २०७५/७६ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर. उपाध्याय एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुबाट तल झर्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट निरन्तर घट्न थालेको छ । साताको तेस्रो …

प्रतिकृया दिनुहॊस

This will auto close after