सेञ्चुरी बैंकको तीनवटा प्रदेश कार्यालयहरुको स्थापना

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको नितीमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।

सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस