यी हुन् सिरहामा सुनसहित पक्राउ पर्ने ६ जना

सिरहा । सिरहामा अवैध सुनसहित पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-९ स्थित घुर्मीपुलबाट शनिबार १ किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले ६ जनालाई पक्राउ गरेको थियो।

सशस्त्र प्रहरीका अनुसार काठमाडौंतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका-१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी ४२ वर्षीय मोहमद हकिम, २८ वर्षीय मोहमद अमिरुल, २४ वर्षीय मोहमद रहमान, ४५ वर्षीय कैयुम राईम र सप्तरीको खड्क नगरपालिका–३ निवासी १८ वर्षीय मोहमद अफ्रोजलाई पक्राउ गरिएकाे हो।

चालक रियाजको साथबाट चार थान वाला र तीन वटा काँचो सुन, अमिरुलको साथबाट एउटा बाला र कैयुमको साथबाट एउटा बाला बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिए। उनीहरूका साथबाट ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल सेटसमेत बरामद भएकाे प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस