धादिङमा बस पल्टियो, एक जनाको मृत्यु

धादिङ । धादिङमा आइतबार बिहान भएको बस दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ। धादिङ जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बर्दिया सेरुवाका १८ वर्षीय नेरेन्द्र थारु चौधरीको मृत्यु भएको हो।

गम्भीर घाइते उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। सिन्धुपाल्चोकबाट बा२ख ४६८३ नम्बरको बस बर्दियातर्फ जाँदै गरेको बस धादिङको बेनी घाटरोराङ गाउँपालिका-९ हुग्दीपुलनजिकै मोडमा सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अर्का एक जना सामान्य घाइते भएकामा उपचारपछि आफ्नो गन्तव्यतर्फ लागिसकेको तथा अन्य यात्रु सकुशल रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इजरायलले माग्यो ८ सय कामदार, को-को जान पाउँछन् ? (सूचनासहित)

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको …

प्रतिकृया दिनुहॊस