लेभान्तेसँग पराजित भएपछि बार्सिलोना दबाबमा

काठमाडौं । स्पेनिस ‘कोपा डेल रे’ फुटबलको प्रि–क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोना पराजित भएको छ ।

गएराति भएको खेलमा बार्सालाई लेभान्तेले २–१ ले हराएको हो । कठिन खेलमा लेभान्तेलाई विजयी गराउन एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे । पराजित टोली बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए ।

हारसँगै दोस्रो लेगको खेलपूर्व बार्सिलोना केही दबाबमा आएको छ ।

किङ्स कप फुटबलकै अर्को खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई ३–१ ले हराएको छ । यसैगरी रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस

This will auto close after