नेपाल बैंकका नवनियुक्त अध्यक्षले लिए शपथ

काठमाडाैँ । नेपाल बैंक संचालक समितिका नवनियुक्त अध्यक्ष वासुदेव अधिकारीलाई नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जिीवि नेपालले शपथ गराएका छन्।

राष्ट्र बैकमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, नेपाल बैंकका संचालक दीपेन्द्र विक्रम थापा, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह लगायतको उपस्थिति थियो।

वि.सं. २०२१ मा धादिé जिल्ला, नीलकण्ठ नगरपालिका, सुनौलो बजारमा जन्मेका अधिकारीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातक, जनप्रशासन र नेपाली साहित्यमा स्नातकोत्तर उपाधी हासिल गरेका छन्।

अधिकारी नेपाल राष्ट्र बैकका विभिन्न विभागमा ३० वर्षको कार्यानुभव संगाली कार्यकारी निर्देशकबाट गत २०७४ चैतमा सेवा निवृत्त भएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after