मिसन डेभलपमेण्ट बैंकले ११ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं । मिसन डेभलपमेण्ट बैंकले नवौं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । ३०४ औं बैठकको निर्णय अनुसार बैंकले द दरबार लन प्रा.लि. तिलोत्तमा–३, योगिकुटी रुपन्देहीमा सम्पन्न भएको हो ।

बैंकको ५१ करोड, ९२ लाख ८० हजार दुई सय चुक्तापुँजी रहेको छ भने साधारण सभाबाट पारित ११ प्रतिशत बोनस सेयरले ५७ करोड ६४ लाख ११ हजार २२ रुपैयाँ चुक्तापुँजी पुग्नेछ । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले चार अर्ब ६५ करोड निक्षेप संकलन गरी चार अर्ब दश करोड कर्जा प्रवाह गरेको छ ।
लिलबहादुर केसीको अध्यक्षता र कम्पनी सचिव विष्णु प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न साधारण सभाले पाँच वटा सामान्य प्रस्ताव र पाँच वटा विशेष प्रस्ताव पनि पारित गरेको छ । जसमा अध्यक्षको आर्थिक बर्ष २०७४/७५ बार्षिक प्रतिवेदन उल्लेख गरेको छ ।

उक्त छलफल, लेखाप्रतिवेदन, नगद लाभांश, लेखापरीक्षक नियुक्तीको अख्तियारी, सञ्चालकहरुको निर्वाचन जस्ता सामान्य प्रस्ताव पारित छन्, भने ११ प्रतिशत बोनस सेयर स्वीकृत, कार्य क्षेत्र विस्तारको अख्तियारी, प्रवन्धपत्र तथा विनियमावली प्रस्ताव बमोजिम संसोधन आवश्यक कमिटी गठनको लागि सञ्चालक समीतिलाई अख्तियारी जस्ता विशेष प्रस्तावहरु पारित गरेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after