काठमाडाैँ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको दावीसहित अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
खड्काले नेपाल आयल निगमको कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आयभन्दा १८ करोड ६६ लाख ५ हजार रूपैयाँ बढी आर्जन गरेको अख्तियारको दाबी छ। अकुतरुपमा आर्जन गरेको सम्पत्ति खड्काले आफ्नी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा लुकाएको आरोप अख्तियारले लगाएको छ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार खड्कालाई दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना र बिगो भराउन अख्तियारले माग गरेको छ।
प्रतिकृया दिनुहॊस