डा. केसीद्धारा पत्रकार सम्मेलन: माग पूरा नभए सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडाैँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीले पछिल्लोपटक निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको विषय पनि थप गरेका छन्। सरकारले सम्झौता अनुरुप नै चिकित्सा शिक्षा विधेयक पारित हुने आश्वासन दिएपछि पुस २५ गतेसम्मका लागि अनशन स्थगित गरेका डा. केसीले पुनः निम्न तीन माग राखेर यसअघि नै अनशन गर्ने चेतावनी दिएका छन्।

यस्ता छन् गोविन्द केसीका मागहरू
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता कार्यान्वयन गरियोस्। (क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर शिक्षा तथा स्वास्थ्य समितिबाट अविलम्ब चिकित्सा शिक्षा विधेयक पारित गरियोस् ।

(ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

(ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम,पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई उपचारका लागि इलाममा, भोजपुर,ओखल्ढुंगा ,खोटांग,सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा, पश्चिमी पहाडका डडेल्धुरा, बैतडी, बझांग लगायतका जिल्ला समेटेर डोटी रडडेल्धुरामा अबिलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

२‍‍. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस