वाइडबडी जहाज खरिदमा मेरो संलग्नता छैन : पर्यटनमन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज प्रकरणमा लेखा समितिको उपसमितिले अनुमान र पूर्वाग्रहको आधारमा आफ्नो नाम जोडेको आरोप लगाएका छन्।

पर्यटन मन्त्रलायलमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले भने, ‘विमान खरिद सम्झौता प्रक्रियामा मेरो कहीँ कतै र कुनै पनि किसिमको संलग्नता छैन, मैले यी जहाजहरुको अधिकत प्रयोगमा ल्याउने प्रयास मात्र गरेको छु,’ उनले भने, ‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु।’

दोषी उम्कन नपाउने र निर्दोष बदनाम नहुने अवस्था हुनु हुँदैन भन्दै अधिकारीले यसमा जो सुकै संलग्न भएको भए कारबाही हुनुपर्ने बताए। ‘मैले विगतमा सबै समितिहरुमा यो कुरा भनेको छु। समितिको म सम्मान गर्छु,’ उनले भने, ‘तर बदनाम गर्ने कार्य मात्र नगरियोस्।’

अधिकारीले संसदीय समितिमाथि आक्रोश पोख्दै भने, ‘मेरो कुनै संलग्नता नहुँदा पनि अनुमानको आधारमा मेरो नाम बदनाम भएको छ।’

मन्त्री अधिकारीले आफूले निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएको समेत उनले दाबी गरे।

संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले जहाज खरिदमा अनियमितता भएको भन्दै त्यसमा संलग्न झन्डै तीन दर्जन पदाधिकारीलाई दोषी आरोपित गरेको छ।

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस