शिला विष्टको ‘जुरेन भने चिना, के गर्छौ मायालु’ गीत सार्वजनिक

काठमाडाैँ । गायिका शिला विष्ट (अली) को नयाँ गीत सार्वजनिक भएको छ। ‘जुरेन भने चिना, के गर्छौ मायालु’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। कृष्ण भारद्वाजको शब्द र संगीत रहेको उक्त गीतको म्युजिक भिडियो भने जमाल अलीले निर्माण गरेका हुन्।

उक्त गीत प्रज्ञा साउन्ड डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतका यस गीतका एरेन्जर किरण कणेल हुन्। त्रिभुवन युनिभर्सिटीबाट संगीतमा मास्टर्स डिग्री गरेकी गायिका शिला विस्ट (अली) कमै मात्रामा मिडियामा देखिन्छिन्।

भारतको इलाहावाद संगीत महाविद्यालयबाट ‘संगीत प्रभाकर’मा गोल्ड मेडलिस्ट गायिका हुन् शिला। २०५६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर पास भएकी शिला अहिले राष्ट्रिय नाचघमा कार्यरत छिन्।

पाँच सयभन्दा बढी गीत गाइसकेकी शिलाले दशभन्दा बढी भाषामा गाएकी छन्। उनको स्वर पचासभन्दा बढी फिल्महरूमा, कान्तिपुर टेलिभिजनमा प्रसारण हुने गरेको पलेटी शृंखला र आफ्नै एकल गायन पनि प्रस्तुत गरिसकेकी छन्। [youtube https://www.youtube.com/watch?v=iUdhogvYPt4]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …