नेपाल बैकद्वारा प्रदेश ५मा वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । देशमा उद्यमशीलता, रोजगारी, उत्पादन घटिरहेको र युवाहरुको विदेश पलायन बढिरहेको वर्तमानको विसंगतीपूर्ण अवस्थाको अन्त्य गर्न नेपाल बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमलाई अगाडि बढाएको छ ।

यसै सिलसिलामा बैकद्वारा हालै प्रदेश नं ५ नवलपरासी जिल्ला (पश्चिम) को पाल्हीनन्दन स्थित सिध्दार्थ उच्च माध्यमिक विद्यालय प्रांगणमा एक  वित्तीय साक्षरता कार्यक्रम आयोजना गरियो ।

वचत, कर्जा, बैकिंग व्यवहार, आर्थिक उन्नतिको आधार, सृजनशीलता र उद्यमशीलता आजको आवश्यकता नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बैंकले वित्तीय साक्षरता कार्यक्रम निम्ति यस स्थानलाई छानेकोमा अपार खुशी प्रकट गर्दै स्थानीय जनताको तर्फबाट आभार प्रकट गरे ।

२५० बढी स्थानीय विद्यार्थी, कृषक, उद्यमी, व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा बंैकको प्रधान कार्यालय संस्थागत योजना तथा अनुसन्धान विभागका प्रमुख तथा कार्यक्रम संयोजक लेखनाथ भुसालले बैंकिङ्ग आदत एवं वचतको महत्वबारे चर्चा गर्दै नेपालको बंैकिङ्ग बजारमा नेपाल बैक लिमिटेडले पुर्याउँदै आएको योगदानबारे प्रकाश पारे ।

नेपाल बैंक प्रदेश ५ का प्रमुख पासांग दोर्जी शेर्पाले यस प्रदेशमा उद्यमशीलता बढाई रोजगारी तथा आय अभिवृदि गर्ने उद्यमी व्यवसायीको प्रयासमा नेपाल बैक लिमिटेड्ले हरसंभव सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।

वि.सं. १९९४ सालमा नेपालको अगुवा बैकको रुपमा स्थापित भई विगत ८२ वर्ष यता नेपालको वित्तीय बजारमा सक्रिय रही एक गतिशील, सक्षम, दिगो वित्तीय संस्थाको विशिष्ट पहिचान बोकेको बैंकले देशका ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटिएम सेवा विन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बंैकिङ्ग सेवा पुर्याईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds