गायिका विष्णु माझी ११ वर्षपछि सार्वजनिक

काठमाडाैँ । लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगिन। उनी श्रीमान् सुन्दरमणी अधिकारीसँगै गएकी हुन् । तर, दुवै जनाले पत्रकारसँग कुरा गर्न र फोटो खिचाउन भने मानेनन् ।

गायीका माझीको खोजीमा लागेको प्रहरीले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए। ११ बर्षदेखि गुमनाम रहेकी गायिका माझीलाई उनकै बाबुले ११ वर्षपछि भेटन पाए ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र एसपी राजकुमार लम्साल लगायतका सुरक्षा अधिकारीहरुले गायिका विष्णु माझी र सुन्दरमणिसँग लामो समय सम्म गुमनाम रहेर परिवारजनसँग पनि भेटघाट नगर्नुको कारणबारे सोधेका थिए । उक्त छलफलमा पनि विष्णु त्यति खुलेर बोलिनन् ,सबै प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएका थिए।

सुन्दरमणिले भने अन्तरजातीय विवाह छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताए। उनी सामान्य लेखपढ गरेकी केटी हुन् सुन्दरमणिले भने बोल्न जान्दिनन् , लेख्न, पढ्न पनि जान्दिनन्। बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जाने गरेको छु एसपी लम्सालले भने।सुन्दरमणिले उनलाई बन्धक बनाएको आशङ्का समेत गरिएको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस