नेपालगंजमा सिटिजन्स बैंकले स्थापना गर्यो प्रदेश नं ५ को प्रादेशिक कार्यालय

बाँके। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ५ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन नेपालगंजमा स्थापना गरेको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचनाः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ ।

यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकले जनाएको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरु ( बढैेयाताल, बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगंज, सानोश्री तथा सिद्धार्थनगर ) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश नं ५ मा रहेका १३ जिल्ला मध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ४० हजार ग्राहकलाई  बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यस अगावै बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds