२२ रोपनी जग्गा अस्पताललाई दान

सोलुखुम्बु । सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा बन्ने अस्पतालका लागि एक स्थानीयले २२ रोपनी जग्गा दान गरेका छन्। गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोसी सामुदायिक अस्पतालका लागि स्थानीय समाजसेवी गोरे राईले उक्त क्षेत्रफलको जमिन निःशुल्क दिएका हुन्।

अब उक्त जग्गामा सुविधासम्पन्न ५० शैयाको अस्पाल बनाउने अभियानमा लागिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। अस्पताल निर्माणका लागि खर्च छुटाउन चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ। महायज्ञबाट २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।

कुनै दुर्घटना तथा बिरामी हुँदा महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको अध्यक्ष राईले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस