स्पाइनल इन्जुरी नेटवर्कलाई सवा लाख सहयोग

काठमाडौं । राजधानीको रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनका समन्वयमा जम्मा भएको रू १ लाख २५ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ । बाैद्ध, माकलवारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ ।उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए । सहयोग रकम अन्तरराष्ट्रिय म्युजिएम एसोसियसन, नेपाल च्याप्टरका अध्यक्ष, पूर्व सहायक रथी  विजयकुमार थापा र डिसाबिलिटी मिडिया फाउन्डेसन नेपालका संस्थापक गजेन्द्र बुढाथोकीद्वारा संयुक्त रूपमा हस्तान्तरण गरियो ।

नेपाल म्युजिएम एसोसियसनका संयोजक पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले स्वावलम्बन जीवन पद्धतिमा आधारित भइ सक्रिय जीवन बाँचिरहेका स्पाइनल इन्जुरी भएका युवा भाइबहिनीका लागि सानो भए पनि सहयोग गर्न सकिएकोमा सन्तोष व्यक्त गर्दै  सामाजिक कार्यमा सहभागिता बढाउन समाजका सबै तप्काका नागरिकहरूसँग अपील गरे।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस