माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनी बिच त्रि–पक्षीय सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच बैंकका ग्राहकहरुका साथै सर्वसाधारणका लागी सुविधा स्वरुप रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी त्रि–पक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा  माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा टाइम्स रेमीट र ए.एम.भी. टेलको तर्फबाट क्रमशः प्रमुख कार्यकारी अधिकृत अनिल स्थापित र प्रबन्ध निर्देशक अनिल शर्मा  हस्ताक्षर गरे । यस समारोहमा टाइम्स रेमिटका महा प्रबन्धक सुदन सिंह सिलवालको पनि उपस्थिती रहेको थियो ।

सम्झौता अनुसार  माछापुच्छ्रे बैंकका ग्राहक एवंम सर्वसाधारणले रेमिटएप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिटेन्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिटेन्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् ।

बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस रेमिटएप, आईओएस तथा एन्ड्रोएड दुबै ओपरेटीङ सिस्टम प्रयोगकर्ताको लागि उपलब्ध छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला …

प्रतिकृया दिनुहॊस