होटल इच्छाको साधारणसभा

काठमाडाै । सिमरामा रहेको होटल इच्छाले आईपीओ जारी गर्ने निर्णय अनुमोदनका लागि साधारणसभा बोलाएको छ । होटलकै सभाकक्षमा हुन लागेको साधारणसभाले आईपीओ जारी गर्ने सम्बन्धमा निर्णय अनुमोदन गर्ने बताइएको छ । सिमराको पहिलो पाँचतारे होटलको रूपमा रहेको होटलको सञ्चालक समितिले सभाको विशेष प्रस्तावमा आईपीओ निष्काशनको प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।

होटल सञ्चालक समितिले कम्पनीकाे जारी पुँजीको २० प्रतिशतले हुन आउने ३५ लाख कित्ता बराबरको साधारण सेयर निष्काशनको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको थियो । कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै हिमालयन क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको हाेटलले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री