काठमाडौं । बंगलादेशमा आज (शुक्रबार) बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (USGS) का अनुसार उक्त भूकम्प ५.५ म्याग्निच्युडको मापन गरिएको छ । भूकम्पको धक्का बंगलादेशको स्थानीय समयअनुसार बिहान १० बजेर ४० मिनेटमा गएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भूकम्पको कडा कम्पन भारतको पश्चिम बंगालस्थित कोलकाता लगायतका क्षेत्रमा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त भइसकेको छैन ।
तपाईंको प्रतिकृया




