घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षले आ-आफ्नो स्थानबाट भूमिका निभाउन आग्रह गरेका छन् ।

शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन लोकतन्त्र र राष्ट्रको हितका लागि निर्णायक हुने बताए । राष्ट्रपति पौडेलका अनुसार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन देश, जनता र लोकतान्त्रिक मूल्य-मान्यताको सुरक्षा गर्न अपरिहार्य छ  ।

देश हाल जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित राख्नैका लागि निर्वाचन मिति घोषणा गरिएको स्पष्ट पारे । आगामी निर्वाचनबाट आउने जनमतले सुशासन, विकास र समृद्धिको यात्रालाई मजबुत बनाउँदै मुलुकलाई नयाँ दिशा दिनेप्रति आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री