जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स

काठमाडौं  । जनता बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई  एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग पनि संझौता गरेको बैंकले जनाएको छ ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री