काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र कामना सेवा बिकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बिकास बैंकबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैंकका निःप्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।
तपाईंको प्रतिकृया




