देशभर बदली, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । यात्रुहरू र पर्वतारोहीहरूलाई विशेष गरी हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्क रहन र आवश्यक तयारी गर्न मौसमविद्हरूले आग्रह गरेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री