काठमाडौं । डिशहोमले द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले उल्लेख गरेको छ।
अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन्। यसअनुसार सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी मा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट उपलब्ध हुनेछ।
लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।
काठमाडौंमा अवस्थित एकेडेमीले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ। व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ।




