काठमाडौं । लामो समयदेखि विद्युत महसुल विवादमा अल्झिएको त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले अन्ततः डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ । बारा-पर्सा औद्योगिक करिडोरमा रहेको यस उद्योगको ४ कात्तिकमा काटिएको विद्युत लाइन बिहीबार साँझ पुन: जडान भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, त्रिवेणी सिन्थेटिकले लोडसेडिङको समय (२०७२ माघदेखि २०७५ वैशाखसम्म) डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।
उद्योगमाथि कुल ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको थियो । यसमध्ये त्रिवेणी सिन्थेटिकले बिहीबार १५ लाख ७१ हजार रुपैयाँको पहिलो किस्ता बुझाएको छ । यो बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरिएको छ ।
तपाईंको प्रतिकृया




