दराज ११.११ “द बिगेस्ट सेल अफ दि ईयर” कार्तिक २४ गते राति ८ बजेदेखि सुरु हुने

काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वार्षिक प्रमुख अभियान “दराज ११.११ – द बिगेस्ट सेल अफ दि ईयर” कार्तिक २४ गते (नोभेम्बर १०) राति ८ बजेदेखि सुरु हुने जनाएको छ। “फर द शोस्टपर इन यू” थीममा आधारित यो सेल मंसिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ।

यस वर्षको ११.११ सेलमा ८५% सम्मको फ्ल्याश सेल, ७५% सम्मको मेगा डिल, ७०% सम्मको हट डिल र रोमाञ्चक “फास्टेस्ट फिंगर” अफरहरू उपलब्ध हुने दराजले जनाएको छ। साथै, ग्राहकहरूले रु ११ देखि रु ११,१११ सम्मका विशेष डिलहरू र असंख्य उत्पादनमा निःशुल्क डेलिभरीको सुविधा पनि पाउनेछन्।

रोमाञ्चक “१ रुपैयाँ डिल” अन्तर्गत ग्राहकले १ रुपैयाँमा विशेष उत्पादन अर्डर गरेर एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने अवसर प्राप्त गर्न सक्छन्। विजेता छनोट अर्डर डेलिभरी र न्यूनतम रु १०,००० को खरिदको आधारमा हुनेछ।

नोभेम्बर १० को राति ८ बजेबाट सुरु हुने “मिडनाइट रश आवर” अन्तर्गत रु १,१११ सम्मका भाउचरहरू पनि उपलब्ध हुनेछन्। साथै, हरेक दिन बिहान ११ र बेलुका ७ बजे नयाँ भाउचरहरू जारी गरिनेछ।

यस वर्षको मेगा डिलका प्लेटिनम पार्टनरहरूमा सेताफिल, न्यूलाइट, होनसा, ब्रान्डहाउस, अल्टिमा लाइफस्टाइल, मिनिमलिस्ट, फोरया र मसलब्लेज रहेका छन्। गोल्ड र सिल्भर पार्टनरका रूपमा समेत अग्रणी ब्रान्डहरू सहभागी छन्।

दराजले आफ्ना ग्राहकका लागि नयाँ “अपग्रेडेड दराजमल” पनि सुरु गरेको छ, जसले प्रमाणित ब्रान्डहरूबाट मात्र वस्तु उपलब्ध गराउँछ। साथै, सात प्रमुख बैंकसँग सहकार्य गर्दै प्रिपेमेन्ट अफर अन्तर्गत क्रेडिट कार्डमा २०% (रु २,००० सम्म) र डेबिट कार्डमा १५% (रु १,५०० सम्म) छुट पनि दिइनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप