सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने

काठमाडौं । सरकारी कार्यालयको समय एक घण्टा छोटिएको छ । अबदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ ।

हिजो (कात्तिक १५) सम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म थियो । शुक्रबार भने सबै महिना दिउँसो ३ बजेसम्म कार्यालय खुल्छ ।

जाडो मौसममा दिन छोटो, रात लामो हुने भएकाले सकारले हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा छोटो तोक्ने गरेको छ । माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ५ तोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री