नेपाल प्रिमियर लिगको पावर पार्टनरमा बजाज पल्सर, उत्कृष्ट खेलाडीलाई बाइक पुरस्कार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा बजाज पल्सर दुई पाङ्ग्रे सवारी साधनका रुपमा पावर पार्टनर बनेको छ। बिहीबार राजधानीस्थित बाइकर्स क्याफेमा आयोजित एक कार्यक्रममा एनपिएल र बजाज पल्सरबीच औपचारिक सम्झौता सम्पन्न गरिएको हो।

कार्यक्रममा गोल्छा ग्रुपका म्यानेजिङ् डाइरेक्टर अभिमन्यु गोल्छाले स्पोन्सरशिपसँगै उत्कृष्ट खेलाडीहरूलाई आकर्षक पुरस्कार घोषणा गरे। उनका अनुसार, यस वर्षको हाइएस्ट रन स्कोरर, हाइएस्ट विकेट टेकर र इमर्जिङ प्लेयर ले बजाजको नयाँ एन१६० पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।

त्यस्तै, क्यानका प्रतिनिधि पारस खड्काले नेपाल क्रिकेटप्रति कोर्पोरेट क्षेत्रले देखाएको विश्वास र निरन्तरताप्रति आभार व्यक्त गरे। उनले भने, “नेपाल क्रिकेटको विकासमा कोर्पोरेट क्षेत्रको लगानीले महत्वपूर्ण भूमिका खेलेको छ। गोल्छा ग्रुप र अन्य सहभागि संस्थाहरूलाई धन्यवाद दिन चाहन्छु।”

आगामी नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म काठमाडौं र पोखरामा हुने एनपिएलको दोस्रो संस्करणको टाइटल स्पोन्सर सिद्धार्थ बैंक रहेको छ भने पावर पार्टनर एनसेल बनेको छ। यस पटकको लिगमा देशका शीर्ष खेलाडीहरूसँगै विदेशी क्रिकेटरहरूको सहभागिता पनि रहने बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री