अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने दृढताका साथ घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाललाई वर्तमान युगको नयाँ मूलधारको सञ्चारमाध्यमको संज्ञा दिँदै यसलाई बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पारेका हुन् ।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघसंस्थाहरूसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जालको महत्त्वलाई स्वीकार गर्दै यसलाई व्यवस्थित र जिम्मेवार बनाउन सरोकारवाला सबै पक्षबाट सहयोगको अपेक्षा राखेका छन् । उनले भने, ‘सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम हो, र यसलाई बन्द गर्नुको सट्टा हामी यसलाई थप परिष्कृत र उत्तरदायी बनाउन प्रतिबद्ध छौँ ।’

मन्त्री खरेलले सरकारले नयाँ मूलधारका सञ्चारमाध्यमहरूलाई राम्रोसँग चिनेको र यसलाई सधैँ प्राथमिकतामा राख्ने विश्वास दिलाए । उनको भनाइले डिजिटल सञ्चारको भविष्यप्रति सरकारको सकारात्मक दृष्टिकोण झल्काउँछ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचना प्रवाहलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री