काठमाडौं । साताको पहिलो र तिहार पछिको पनि पहिलो दिन कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २ हजार ५०९ विन्दुमा बन्द भएको हो।
आज ५५ लाख ९६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
त्यस्तै, आज सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्सको भएको छ। कम्पनीको मात्रै ३२ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। यस दिन सबैभन्दा धेरै १०.७५ प्रतिशत एसबीएल डेबेन्चर २०८९ (एसबीएलडी ८९) का लगानीकर्ताले कमाएका छन् भने तारागाउँ रेजेन्सीका लगानीकर्ताले धेरै गुमाएका छन् ।
तपाईंको प्रतिकृया



