काठमाडौँ । प्रहरी हत्याको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । जेनजी आन्दोलनको क्रममा असई मिलन राय र जवान उत्तम थापाको हत्या गरिएको थियो ।
यसअघि चार जना प्रहरी हत्याको आरोपमा पक्राउ परेका थिए । उनीहरू पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
तपाईंको प्रतिकृया




