जेडटिईको नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक

काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटिई (ZTE) ले नयाँ नुबिया नियो ३ जीटि फाइभ जी (Nubia Neo 3 5G) नेपाली बजारमा सार्वजनिक गरेको छ। विशेषगरी गेमिङ पारखीहरूका लागि शक्ति, गति र शैलीको संगमका रूपमा प्रस्तुत गरिएको यो स्मार्टफोन अत्याधुनिक डिजाइन र प्रदर्शनले भरिपूर्ण रहेको कम्पनीले जनाएको छ।

१२ जिबी RAM र २५६ जिबी स्टोरेजसहितको यो शक्तिशाली गेमिङ स्मार्टफोनको मूल्य रु. ३६,९९९ तोकिएको छ। यो स्मार्टफोन अहिले जगदम्बा मोबाइल्समार्फत शून्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ, जसअन्तर्गत ग्राहकहरूले केवल रु. १४,८०० डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।

नुबिया नियो ३ जीटि फाइभ जी मा ६.७८ इन्चको OLED गेमिङ डिस्प्ले छ, जसले जीवन्त र स्मूथ भिजुअल अनुभव प्रदान गर्छ। ४०८३mm² VC लिक्विड कुलिङ सिस्टमले लामो समयसम्म गेमिङ गर्दा पनि तापक्रम नियन्त्रणमा राख्छ भने शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता ल्याउँछ।

यो स्मार्टफोनमा २.७ गिगाहर्जको युनिसक T9100 प्रोसेसर, ६०००mAh ब्याट्री, र ८०W फास्ट चार्जिङ सुविधा रहेको छ, जसले निरन्तर र स्थिर गेमिङ प्रदर्शन सुनिश्चित गर्छ। आकर्षक डिजाइन, उच्च प्रदर्शन र उपयुक्त मूल्यको सन्तुलनका साथ आएको ZTE Nubia Neo 3 GT 5G ले नेपाली गेमरहरूलाई नयाँ अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री