देशलाई संवैधानिक बाटो फर्काउने आधार निर्वाचन हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउनका लागि स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेकोमा जोड दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक भेटघाटमा देउवाले निर्वाचनमार्फत मात्रै देशले सही दिशा लिन सक्ने दृढ विश्वास व्यक्त गरे ।

सभापति देउवाले सरकारले निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिए । उनले भने, ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’

हाल सुरक्षा निकायको मनोबल गिरेको भन्दै देउवाले चिन्ता व्यक्त गरे । उनले सुरक्षा अवस्था सामान्य बनाउन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको भूमिका महत्त्वपूर्ण हुने औंल्याए ।

देउवाका अनुसार, ‘सुरक्षा निकाय मनोबल गिरेर निरिह भएका छ न्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत:स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण होस् भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री